वोमी माइक्रोफाइनान्सको हकप्रदको बुकक्लोज निर्धारण

Jul 04, 2019 11:58 AM Merolagani

वोमी माइक्रोफाइनान्स (WOMI) ले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बुकक्लोज मिति तय गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि असार २७ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

बुकक्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात असार २६ गतेसम्म कम्पनीको शेयरधनी खातामा कायम भएका लगानीकर्ताले मात्रमाइक्रोफाइनान्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।

माइक्रोफाइनान्सले १ बराबर १ शेयरको अनुपातमा १० लाख १०हजार ८८० कित्ताहकप्रद शेयर बिक्री गर्न गर्न लागेको हो। हकप्रद बिक्रीका लागि कम्पनीले सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक तोकेको छ।

कम्पनीको गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले बोनस छाडेर हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख७६ हजार रुपैयाँ पुग्नेछ।

यसका साथै लघुवित्तले सातौं वार्षिक साधारण सभाबाट राष्ट्रिय स्तरको कार्यक्षेत्रमा जाने निर्णय गरेको छ भने यस लघुवित्त र नागरिक लघुवित्त मर्जरमा जाने सम्झौता गरेपश्चात कम्पनीको शेयर कारोबार फागुन २६ गतेदेखि रोक्का रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।