घोडीघोडा लघुवित्तको आईपीओ खुल्यो

Jul 05, 2019 09:04 AM Merolagani

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गते शुक्रबारदेखि निष्काशन खुला भएको छ। लघुवित्तले जारी पूँजीको ४८ प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेको हो।

लघुवित्त कम्पनीले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कूल निष्काशित आईपीओमध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । एक लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम दिन असार २५ गते बुधबारसम्म रहेको छ।

लघुवित्तको आईपिओ कूल आवेदकको पाँच प्रतिशत आवेदकले मात्रै गोलाप्रथाबाट प्राप्त १० कित्ता प्राप्त गर्ने हुँदा एक हजारको आवेदन नै उपयुक्त देखिन्छ। आईपीओ १२ हजार ४५९ जना आवेदकले मात्र पाउनेछन्

घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ। कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।