वोमी लघुवित्तको एक बराबर एक हकप्रद साउन ९ गतेदेखि बिक्रीमा आउने

Jul 07, 2019 09:38 AM merolagani

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(WOMI) ले साउन ९ गतेदेखि एक बराबर एकको अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साउन ९ गतेदेखि खुला हुने हकप्रदमा भदौ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।

असार २७ गतेभन्दा अघि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले बोनस छाडेर हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।