आइपीओ सूचीकरणपछि सोमबारबाट कम्पनीको शेयर दोस्रो बजारबाट खरीद तथा बिक्री गर्न सकिने छ।
लघुवित्तले जेठ १३ देखि १६ गतेसम्म सर्बसाधारणमा जारी पूँजीकोे ३२.५० प्रतिशत आईपिओ निष्काशन गरी जेठ २२ गते बाँडफाँड गरेको थियो।
नवलपुर जिल्ला, गैडाकोट नगरपालिका वडा नं. ०२ मा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको हाल १४ करोड रूपैयाँ चुक्ता पूँजी रहेको छ। इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ। लघुवित्तको अधिकृत पूँजी ५० करोड रहेको छ ।