सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वीजिशन गर्ने

Jul 08, 2019 09:06 AM Merolagani

सिटिजन्स बैंक इन्टरनेसेनलले सहयोगी विकास बैंकलाई प्राप्ति (एक्वीजिशन) गर्ने सम्झौता गरेको छ।बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति –एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम आइतबार सो सम्झौता भएको हो।

असार २२ गते आइतबार बैंकको मुख्य कार्यालयमा नारायणहिटीपथमा भएको सम्झौतामा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगीका डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन्।

प्रारम्भिक समझदारी अनुसार सय बराबर नब्बे शेयर स्वाप रेसियो अनुपात अर्थात सहयोगी विकास बैंकको एक सय कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९० कित्ता शेयरमा प्राप्ती गर्ने उल्लेख छ। सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) प्रतिवेदन अनुसार वास्तविक शेयर स्वाप रेसियो निर्धारण हुने सहमति छ ।

हाल सिटिजन्स बैंकको ८ अर्ब ३७ करोड र सहयोगी विकास बैंकको ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी छ। एकीकृत बैंकको चुक्ता पूँजी ८ अर्ब ८७ करोड पुग्ने जनाइएको छ।

यसैगरि असार २१ गते शनिबार सम्मको तथ्यांकको आधारमा सहयोगीलाई प्राप्तिपछि सिटिजन्स बैंकको निक्षेप ७५ अर्ब ६८ करोड र कर्जा लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने जानकारी दिइएको छ ।

 

नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र रहेको सिटिजन्स बैंकले 'ख' वर्गको इजाजत प्राप्त तीन जिल्लाहरु धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा १४ शाखा सञ्चालनमा रहेको सहयोगी विकास बैंकलाई प्राप्ती गर्न लागेको हो। सहयोगि प्राप्ती पश्चात सो तीन जिल्लामा सिटिजन्स बैंकको ९ शाखाहरू सहित २३ शाखा पुग्ने भएको छ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात गरि बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको सिटिजन्स बैंकको सहयोगी विकास बैंक प्राप्ती पश्चात कूल ९५ वटा शाखा, ८० वटा एटीएम र १०० वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्ने बताइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।