यद्यपी असार १९ गते बिहीबार सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्त एक आपसमा गाभिने सहमति पत्रमा हस्ताक्षर भएसँगै लघुवित्तको हाल शेयर कारोबार रोक्का रहेको छ ।
सूर्याेदय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ४२.७५ बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत लाभांश प्रस्ताव गरि गत पुस ७ गतेको छैटौं वार्षिक साधारण सभाबाट अनुमोदन गरेको थियो।
उक्त बोनस मंसिर २३ गतेसम्म कायम लघुवित्तका शेयरधनीहरुले मात्र पाउनेछन्।
लघुवित्तले बोनस पश्चात कायम चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत अर्थात ५ करोड ३९ लाख ५९ हजार ५०० रुपैयाँको हकप्रद निष्काशन गर्दैछ। यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १६ करोड १८ लाख ७८ हजार ५०० पुग्नेछ ।
त्यसैगरि लघुवित्तलेपूँजी संरचना परिवर्तन गरी ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको शेयर स्वामित्व कायम गरेको छ।