घोडीघोडा लघुवित्तको आईपीओ भर्ने मंगलबार अन्तिम दिन, ३० गुणा ओभरसब्सक्राइब

Jul 09, 2019 09:17 AM Merolagani

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २४ गते मंगलबार कार्यालय समयपश्चात निष्काशन बन्द हुँदैछ। यसअनुसार लघुवित्तको शेयरमा आवेदन गर्न इच्छुक लगानीकर्ताले मंगलबार कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालय तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन्। उच्च माग परिसकेकाले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुन्छ। 

लघुवित्तको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबारसम्म २ लाख १४ हजार बढी आवेदनबाट ३७ लाख ५२ हजार कित्ताका लागि आवेदन परिसकेको छ। जुन सर्वसाधारणमा निष्काशन भएको कित्ताको आधारमा ३०.११ गुणा बढी हो। आईपीओ १२ हजार ४५९ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन्।

कम्पनीले असार २० गते शुक्रबारदेखि जारी पूँजीको ४८ प्रतिशत बराबरको प्राथमिक शेयर निष्काशन गरेको हो।

लघुवित्त कम्पनीले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कूल निष्काशित आईपीओमध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । एक लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ। कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।