ठूलादेखि साना बाणिज्य बैंकले मेगा बैंकलाई प्रस्ताब पठाएर आफुुसँग सहयात्रा गर्न आब्हान गर्नुको रहस्य के रहेछ त भन्ने बारेमा मेरोलगानी डटकमले उसको बित्तीय विवरण, बार्षिक लेखापरीक्षण प्रतिबेदन र अन्य आधारभुत सूचकहरु केलाएको छ।
सबैभन्दा पहिले बैंकको निक्षेप र कर्जाबारे अध्ययन गर्दा विगत ६ बर्षको अवस्था यस्तो पाईयोः
पूँजी तथा जगेडा कोषमा पनि क्रमबद्ध प्रगतिको अवस्था देखियो ।
खुद नाफामा लगातार बढोत्तरी र नियमित रुपमा प्रतिफल वितरण गरेको पाईयो ।
अन्य वित्तीय सूचकहरु केलाउँदा बलियो नै देखा पर्यो ।
कम्पनीको शेयर संरचनाको अध्ययन गर्दै गर्दा सबैभन्दा रोचक कुरा फेला पर्यो । १० अर्ब ५८ करोड चुक्ता पूँजी रहेको कम्पनीका कुनै पनि शेयरधनीसँग २ प्रतिशत पनि शेयर रहेन छ ।
स्रोतः बैंकका प्रतिबेदन र अनौपचारिक स्रोतहरु
टुरिजम डेभलपमेन्ट बैंकलाई आफुमा मिलाएपछि बैंकले गरेको २०७३/०७४ को बार्षिक प्रतिबेदनमा ठूला शेयरधनीको विवरण यसरी दिईएको रहेछः
०.५ प्रतिशत माथि शेयर धारणा गर्ने जम्मा पाँच जना छन्। रेसु अग्रवाल लगानीकर्ता दिपेन्द्र अग्रवालकी भाई बुहारी हुन् । दिपेन्द्र अग्रवाल आफु र आफ्ना नातेदारहरुसँग रहेको शेयरको हिसाब गर्दा उनी नै बैंकका ठूला शेयरधनी रहेछन्।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अनुुपमा खुँजेली आफै अग्रसर भएर मेगा मर्जरको पहल गरिरहेकाले पनि अरुको चासो बढ्न पुगेको हो।
ग्लोबल आईएमईले शुरुमा कुरा गरेर जनतासँग सम्झौता गरे पनि मेगासँग अझै मोह नटुटेको संकेत पाईन्छ भने सानिमा, प्रभु, माछापुच्छ्रे लगायतका बैंकहरुले पनि चासो देखाईरहेका बुझिएको छ । तर आफु भन्दा कमजोर बैंकसँग मेगाले नजाने नीति अख्तियार गरेको छ।
मेगाका अध्यक्ष शाह भन्छन्- हाम्रो विकल्प २६ वटै बैंकसँग छ।
मेगालाई कसले लिने हैन, मेगाले कसलाई रोज्ने भन्ने अवस्था रहेको देखिन्छ । तर यसो भन्दैमा मर्जरपछिको शेयर आदान प्रदान अनुपात अर्थात स्वाप के हुन्छ र अहिले लगानी गर्दा कसरी फाईदा वा घाटा हुन्छ भन्ने कुरा लगानीकर्ता स्वयंले विचार गर्नुपर्ने कुरा भएकाले शेयर किनबेच गर्ने बारेमा यहाँ कुनै सुझाव प्रस्तुत गरिएको छैन। आफ्नो जोखिमबहन क्षमता हेरी यहाँ प्रस्तुत तथ्यहरु र अरु कुरा आफैले अध्ययन विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु नै बुद्धिमानी हुन्छ।
स्पष्टिकरणः लेखकले मेगा बैंकको शेयर धारण गरेको तर भित्री सूचनामा आधारित रहेर कुनै कारोबार नगरेको स्वघोषणा गर्दछु ।