विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स

Jul 09, 2019 09:57 AM RSS

नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमबार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ।

नगरपालिका परिसरमा आयोजना गरिएको निःशुल्क मिटरबक्स वितरण कार्यक्रममा स्थानीय ८० वर्षीया ज्येष्ठ सदस्य कृष्णमाया राईलाई मिटरबक्स वितरण गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको शुभारम्भ गरेका थिए। 

वितरणको पहिलो दिन नगरका वडा नं १, २ र ३ का विपन्नवर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १३५ लाई मिटर बक्स वितरण गरिएको थियो । विद्युत् मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका नगरवासीलाई राहत मिलेको स्थानीय सहजकर्ता श्याम ओलीले बताए।

नगरक्षेत्रमा रहेका लक्षित वर्गका ४५० घरधुरीलाई क्रमिकरूपले वडामा कार्यक्रम आयोजना गरी तत्काल मिटर बक्स वितरण गरिने नगरप्रमुख पोखरेलले बताए। एक वर्ष अगाडि मात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकालाई नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका थिए।

नगरपालिकाको संयोजनमा नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले विद्युत् मिटर बक्स वितरण गरेको हो । निर्देशनालयका संयोजक राजनऋषि कँडेलले वर्तमान अवस्थामा आम उपभोक्ताको हितलाई सङ्कुचन नगरी गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने संस्थाको उद्देश्यअनुसार यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।