घोडीघोडा लघुवित्तको आईपीओमा ४० गुणा आवेदन, आधा अर्बको शेयर माग

Jul 09, 2019 06:39 PM Merolagani

घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओमा करिब आधा अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ४९ करोड ७८ लाख रुपैयाँ बराबरको आवेदन परेको हो।

प्रभु क्यापिटलको प्रारम्भिक तथ्याङ्क अनुसार मंगलबार साँझ सम्ममा २ लाख ९१ हजार आवेदनबाट ४९ लाख ७८ हजार कित्ता अर्थात ४९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर माग भएको छ। 

यो सर्वसार्धरणलाई निष्काशनमा ल्याएको एक लाख २४ हजार ५९० कित्ता शेयरको ४० गुणा बढी हो । उच्च आवेदन परेपनि लघुवित्तको आईपीओ १२ हजार ४५९ जना आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् ।

कम्पनीले असार २० गते शुक्रबारदेखि जारी पूँजीको ४८ प्रतिशत बराबरको आईपीओ निष्काशन गरेको हो ।

लघुवित्त कम्पनील प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कूल निष्काशित आईपीओ मध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने एक लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरिएको थियो।

घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ । कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।