ग्लोबल आईएमई लघुवित्तले तोक्यो शतप्रतिशत हकप्रदको बुकक्लोज

Jul 10, 2019 01:00 PM Merolagani

ग्लोबल आईएमइ लघुवित्तले शतप्रतिशत हकप्रद निष्काशनका लागि शेयर दाखिला बन्द गर्ने मिति निर्धारण गरेको छ। लघुवित्तले साउन १ गते एकदिन हकप्रद निष्काशनका लागि बुकक्लोज गर्ने भएको छ।

लघुवित्त सञ्चालक समितिको असार ८ गते सम्पन्न सञ्चालक समिति बैठकले प्रमुख कार्यकारीलाई अख्तियारी दिए बमोजिम सो मिति निर्धारण गरिएको हो। 

यसअनुसार जेठ ३१ गते मंगलबारसम्म कायम लघुवित्तका शेयरधनीले उक्त हकप्रद प्राप्त गर्नेछन्। लघुवित्तले हकप्रद निष्काशनको मिति भने केही दिन भित्रै सार्वजनिक हुने जनाएको छ ।

 

गत कार्तिक २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ पुगेको छ ।

हाल लघुवित्तले बोनस पश्चात कायम हुने पूँजी बराबर हकप्रद जारी गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्री पश्चात यस संस्थाको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैयाँ कायम हुनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।