सिभिल बैंकका अध्यक्षका नातेदारले बेचेको शेयरले कारोबार रकमलाई उचाई

Jul 10, 2019 04:31 PM Merolagani

शेयर बजारमा बुधबार सिभिल बैंकको संस्थापक शेयरको ठूलो कित्ता किनबेच हुँदा समग्र कारोबार रकम उचालिएको छ ।

सिभिल बैंकको १७ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५७ करोड पुगेको हो ।

सिभिलका अध्यक्ष ईच्छाराज तामाङकी श्रीमति सिर्जना शाक्यको नामबाट कर्मचारी संचय कोषले किनेको संस्थापक शेयर दोस्रो बजारमा बुधबार कारोबार भई नामसारीमा गएको हो । १० नम्बर शेयर दलाल प्रज्ञान सेक्युरिटिजमार्फत बेचिएको शेयर ४४ नम्बर दलाल डाईनामिक मनी म्यानेजर्स सेक्युरिटिज मार्फत प्रति कित्ता १०० रुपैयाँका दरले  किनिएको छ ।

सिभिल सहकारीमा देखिएको केही असहज अबस्थाका कारण तामाङले शेयर बिक्री गरी रकम जोहो गरेका छन् । 

सिभिलको संस्थापक शेयरको १७ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार हुँदा अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ करोड रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।

मंगलबार ४६ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएका ेथियोे । यस दिन १६८ वटा कम्पनीको २९ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ५८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ७० वटा कम्पनीको शेयरमुल्य घटेको छ । त्यस्तै २७ वटा कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन भएन ।

आर्थिक बर्ष समाप्त हुनै लाग्दा लगानीकर्ताहरु मौद्रिक नीतिको पनि पखाईमा रहेकाले बजारमा ठूलो हलचल देखिएको छैन। बैंकको कर्जाको सावाँ ब्याज र करको रकम भुक्तानीको जोहो गरेपछि मौद्रिक नीतिले मर्जरलाई गर्ने प्रोत्साहनका कारण बजारले नयाँ हलचल ल्याउने आशामा लगानीकर्ता छन्।

यस दिन नागरिक लगानी कोषको पनि ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल बैंकको २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंक, शिवम् सिमेन्टस्, प्रभु बैंक, मेगा बैंक, नेपाल दुरसञ्चार कम्पनी, फस्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बुधबार इन्फिनिटि लघुवित्तको शेयरको माग बढेर मुल्यमा पोजेटिभ सर्किट लागेको छ । लघुवित्तको शेयरमुल्य ३७ रुपैयाँले बढेर ४१४ रुपैयाँपुगेको छ । त्यसैगरी समिट माइक्रोफाइनान्स, मल्टिपर्पस फाइनान्स र नेपाल हाइड्रो डेभ्लोपर्सको शेयरमुल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ भने नेश्नलमाइक्रोफाइनान्स र रिडि हाइड्रोपावरको शेयरमुल्यपनि ३ प्रतिशतले बढेको छ ।

त्यसैगरी सिभिल लघुवित्तको शेयरमुल्य झण्डै १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । बुधबार कञ्चन डेभलपमेन्ट बैंकको शेयरमुल्य ६ प्रतिशतले घटेको छ भने आँखुखोलाजलविद्युतको ५ प्रतिशत र नविल इक्वीटि फण्ड र कर्पोरेट डेभलपमेन्ट र्बैकको ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन कारोबारमाआएका ११ उप समुह मध्ये ३ वटा उपसमुह सकारात्मक देखिएभने ८ ओटा उपसमुहनकारात्मक देखिए । सो दिन म्युचल फण्ड सबैभन्दा धेरै १.२५ प्रतिशतले घटेको छ ।

बुधबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमुल्य घट्दा नेप्से परिसूचक १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा कायम रह्यो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।