सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्घ एजुकेशनल एकेडेमी बीच सम्झौता

Jul 10, 2019 05:43 PM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगञ्जमा अवस्थित लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि द्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लागू हुने गरि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमति भएको छ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमीका प्रबन्ध सञ्चालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरे।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।