घोडीघोडा लघुवित्तको आईपीओ बाँडफाँड

Jul 12, 2019 10:07 AM merolagani

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ असार २७ गते शुक्रबार बाँडफाँड भएको छ । उक्त आईपीओ भाग्यमानी १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले पाएका छन् ।

लघुवित्तको आईपीओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन परेकोमा ४९० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सदर भएका आवेदन २ लाख ८५ हजार ५ सय ६५ मध्येबा गोलाप्रथा गर्दा १२ हजार ४ सय ५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । उक्त आईपीओमा आवेदन गर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ ।

घोडीघोडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ता सर्वसाधारणलाई वितरण गरिएको हो ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।