घोडीघोडा लघुवित्तको आईपीओ नतिजा मेरोलगानीमा

Jul 12, 2019 11:47 AM merolagani

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले असार २७ गते शुक्रबार बाँडफाँड गरेको आईपीको नतिजा मेरो लगानीमा प्रकाशित भएको छ । लघुवित्तको आईपीओ भाग्यमानी १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले पाएका छन् ।

लघुवित्तको आईपीओमा कुल २ लाख ८६ हजार ५५ ले आवेदन परेकोमा ४९० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सदर भएका आवेदन २ लाख ८५ हजार ५ सय ६५ मध्येबा गोलाप्रथा गर्दा १२ हजार ४ सय ५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । उक्त आईपीओमा आवेदन गर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ ।

तपाईलाई घोडीघोडा लघघुवित्तको आईपिओ पर्यो कि परेन ? यहाँबाट हेर्नुहोस् नतिजा 

घोडीघोडा लघुवित्तले १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १३८० कित्ता शेयर कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको १ लाख २४ हजार ५ सय ९० कित्ताको लागि सर्वसाधारणलाई वितरण गरिएको हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।