सिंगटी हाइड्रोको आईपीओ मेगा क्यापिटल मार्केटसले निष्काशन गर्ने

Jul 12, 2019 12:51 PM Merolagani

सिंगटी हाइड्रो इनर्जीको प्राथमिक शेयर (आइपीओ) निष्काशन मेगा क्यापिटल मार्केटस् मार्फत हुने भएको छ। कम्पनी र क्यापिटलबीच आगामी असोजसम्ममा आईपीओ निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सम्झौता पत्रमा सिंगटी हाइड्रोको तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन्।

दोलखाको सिंगटी खोलामा २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निमार्ण गरिरहेको सिंगटी हाइड्रोले कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ।

कूल निष्काशनमा आउने आईपीओमध्ये जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।

निर्माणाधिन २५ मेगावाट क्षमताको यस आयोजनाले २०७६ साल भदौसम्म बिजुली उत्पादन गर्ने लक्ष्यका लिएको छ । यस जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणको रहेको छ। सिंगटी खोला प्राधिकरणसँग बढाबढ मूल्यमा प्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा ‘सुपर ६’ आयोजना अन्तर्गत पर्छ ।

आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।

आयोजनाबाट उत्पादित विद्युुत सिंगटी बजार आसपासमा रहेको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिंगटीमा निर्माणाधीन सबस्टेसननजिकै भएका कारण आयोजनाले प्रसारणलाइन २ सय मिटर पनि निर्माण गर्नु पर्दैन।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।