भारतीय सञ्चार माध्उमका अनुसार, आईफोनका लागि केही स्वीकृतीका कामह? बाँकी रहेका छन् । यद्यपी आईफोन एक्सआर र एक्सएस अगस्ट महिनामा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।
फक्सकन कम्पनीले एप्पलका लागि भारतमा आईफोन उत्पादन गरिरहेको छ । भारतमा हाल आईफोन एक्सआरको सुरूवाती मूल्य करिब ५६ हजार भारतीय रूपैयाँ र एक्सएसको मूल्य करिब १ लाख भारू रहेको छ । तर भारतमा नै बनेपछि यसको मूल्य घट्नसक्ने बताइएको छ ।
भारत विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । भारतमा एप्पल डिभाइस एकदमै रूचाइदैँ आएको छ । तर मूल्य धेरै भएका कारण भारतमा एप्पलको मार्केट शेयर केबल १ प्रतिशत मात्र रहेको छ । एजेन्सी