बीमा समितिले बोनस शेयरमा लाग्ने कर प्रयोजका लागि छुट्याएको नगद लाभांश ४० लाख २२ हजार रुपैयाँ वितरण नगर्न कम्पनीलाई निर्देशन दिएको हो। त्यस अनुसार अब शेयरधनीहरुले ७.५ प्रतिशत बोनस शेयर मात्र पाउनेछन् भने बोनस शेयर पाउन कर वापतको रकम आफैँ तिर्नुपर्नेछ।
इन्स्यारेन्स सञ्चालक समितिको असार ५ गते सम्पन्न बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस तथा कर प्रयोजनका लागि नगद वितरण गर्ने निर्णय गरेको थियो।
बीमा समितिको निर्देशन अनुसार कम्पनी सञ्चालक समितिका असार २७ गते बसेको बैंठकले कर प्रयोजनको लागि छुट्याएको नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो। त्यस अनुसार इन्स्योरेन्सले अब ७ करोड ६४ लाख ३२ हजार ७९८ रुपैयाँ बराबरको बोनस शेयर मात्रै वितरण गर्नेछ।
हाल एक अर्ब एक करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको उक्त बोनस पश्चात एक अर्ब ९ करोडड ५५ लाख रुपैयाँ पुग्नेछ।