देवः र वेस्टर्न डेभलपमेण्ट बैंकले सोमबारदेखि एकीकृत कारोबार थाल्ने

Jul 14, 2019 12:44 PM Merolagani

देवः विकास बैंकलाई नेपाल राष्ट्र बैंकबाट वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्राप्त भएको छ। राष्ट्र बैंकको असार २५ गते प्राप्त पत्र अनुसार गाभ्ने गाभिने सम्बन्धमा स्वीकृति प्राप्त भएको हो।

राष्ट्र बैंकबाट वेष्टर्न डेभलपमेन्ट बैंक प्राप्ति हुने/गर्ने अन्तिम दिन सम्म कायम रहेको सम्पुर्ण सम्पत्ति, दायित्व, तथा अन्य संभावित दायित्वहरुको प्राप्त गर्ने संस्था देवः विकास बैंकले व्योहोर्नु पर्ने गरी प्राप्तिको स्वीकृति पाएको हो। 

राष्ट्र बैंकको अनुमति पाएसंगै असार ३० गते सोमबार देखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ। बैंकको एकीकृत कारोबार मनास्लु होटलमा दिउँसो ३ बजे राष्ट्र बैंकका गर्भरनले उद्घाटन गर्ने कार्यक्रम रहेको कम्पनी सचिव सागर ताम्रकारले जानकारी दिए।

एकीकृत कारोबार हुने भएकोले डाटा माइग्रेशन प्रयोजनको लागि आज असार २९ गते आइतबार एक दिनको लागि दुबै बैंकको सम्पुर्ण बन्द रहेको छ। प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय हाल देवः विकास बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौंमै रहनेछ भने बैंकको नाम देवः विकास बैंक नै रहनेछ।

देवः ले वेस्टर्नलाई एक बराबर एक कित्ता अनुपातमा प्राप्ति गरेको हो। एकीकृत कारोबारपछि बैंकको (देवः विकास बैंकको ५.५ प्रतिशत बोनस सहित) चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।