हाइड्रोपावरले सर्बसाधारणको लागि असार २५ गतेदेखि ७६ करोड ७२ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको थियो । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा आइतबार बिहान सम्ममा ३९ हजार ३४७ वटा ओटा आवेदन मार्फत १८ लाख ४५ हजार ९७० कित्ता शेयर खरीदको लागि माग परेको छ ।
कम्पनीको आइपीओमा छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन २४ गतेसम्म आवेदन गर्न पाउने ब्यवस्था थियो । असार २९ गतेसम्म सबै शेयर बिक्री नभएपछि कम्पनीले आवेदन गर्ने समय लम्ब्याएको हो ।
कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्न खोज्दा बिक्री नभएको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी ७६ लाख ७२ हजार कित्ता शेयर सर्बसाधारणमा प्रतिकित्ता एक सय रूपैया अंकित दरमा बिक्री खुल्ला गरेको हो । कुल निष्काशन मध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदनगर्न पाउने छन ।
कम्पनीको आइपीओमा लगानीकर्ताले सि आश्वा मार्फतन्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको छ ।
कम्पनीकोआईपीओलाई केयर नेपालले औसत भन्दा तल आधार जनाउने ’केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।
कम्पनीले यसअघि पहिलो चरणमा गत जेठ १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि १६ करोड रूपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ बिक्री गरेको थियो जसमा १ करोड २७ लाख रूपैयाँ बराबरको १ लाख २७ हजार कित्ता शेयर मात्र बिक्री भएको थियो । सो शेयर कम्पनीले आयोजना प्रभावितमा बाँडफाँड गरिसकेको छ ।
हिमाल दोलखा हाइड्रोपावरले इलाममामाई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।
हाल कम्पनीको चूक्तापूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।