फेसबुकमाथि ५ अर्ब डलर जरिवाना

Jul 14, 2019 04:10 PM agency

अमेरिकी रेग्युलेटर फेडरल ट्रेड कमिशन (एफटीसी) ले सामाजिक सञ्जाल कम्पनी फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगाउने निर्णय गरको छ । डाटा सुरक्षा तथा गोपनीयताको मुद्दा मिलापत्रका लागि उक्त जरीवानाको सिफारिस गरिएको बताइएको छ ।

कमिशनले लगाएको यो जरिवाना कुनै पनि प्रविधि कम्पनीमाथि लगाइएको अहिलेसम्मकै ठूलो जरीवाना हो । यसअघि सन् २०१२ मा गूगललाई एफटीसीले २ करोड २५ लाख डलर जरीवानाको निर्णय गरेको थियो ।
एफटीसीले मार्च २०१८ मा फेसबुकमा लागेको डाटा लिकको मुद्दामा अनुसन्धान सुरू गरेको थियो । जाँचको क्रममा प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षामा कम्पनीलाई दोषी पाइएको छ ।

फेसबुकमाथि सन् २०१८ मा बेलायती परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकालाई करोडौं प्रयोगकर्ताको जानकारी बेचेको आरोप छ । यस विषयमा फेसबुकका संस्थापक मार्क जुकरवर्गले अमेरिकी संसदमा समेत जवाफ दिनुपरेको थियो । त्यसपछि एफटीसीले यस विषयमा जाँच सु? गरेको थियो ।

प्रतिवेदनका अनुसार, फेसबुकले आफूवि?द्ध जाँच सुरू भएपछि कानूनी सम्झौताका लागि ३ देखि ५ अर्ब डलर तिर्नका लागि प्रस्ताव राखेको थियो । एफटीसीले पनि जाँच सकाउन केही शर्तमा उक्त जरिवानाको रकम तय गरेको हो । यो जरीवाना अमेरिकाको न्याय मन्त्रालयले अनुमोदन गर्न भने बाँकी छ ।

यद्यपी जरिवानको यो रकम फेसबुकको सन् २०१८ को कुल आम्दानीको केबल ९ प्रतिशत मात्र हो । एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।