कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन

Jul 14, 2019 05:12 PM Merolagani

कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतिय उद्घाटन चाहिँ बैंकको केन्द्रिय कार्यालयबाटै सम्पन्न भएको हो । 

उक्त शाखाहरुको उद्घाटन समारोह बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाले बैंकका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गरे।

उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्र्शीएको छ । उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको कूल शाखा संजाल संख्या ९८ पुगेको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।