आइएमई जनरल इन्स्योेरेन्सको लाभांश पारित, चुक्ता पूँजी एक अर्ब नाघ्ने

Jul 14, 2019 05:30 PM Merolagani

आइएमई जनरल इन्स्योेरेन्सको ५ प्रतिशत बोनस पारित भएको छ। इन्स्योरेन्सको असार २९ गते आइतबार सम्पन्न २१ औं वार्षिक साधारणबाट बोनस वितरण गर्ने प्रस्ताव पारित भएको हो।

बीमा कम्पनीहरु गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ। साथै कम्पनीले आगामी दिनमा उपयुक्त कम्पनीसँग गाम्ने, गाभिने तथा प्राप्ति गर्न सकिने व्यवस्थालाई खुल्ला गरेको हो।

बोनस वितरण पछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अरब २ करोड ६ लाख पुग्नेछ। इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख रुपयाँ खुद नाफा कमाएको थियोे। यस्तै चालु आर्थिक वर्षको असार २८ गते सम्ममा करिब १ अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न गरेको छ।

साधारण सभामा अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षमा नयाँ नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरेको जानकारी गराए। उनका अनुसार ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट बीमा सुविधा दिईरहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।