प्रभु लाइफको दोश्रो वार्षिक साधारण सभा सम्पन्न,पाँच जना सञ्चालक चयन

Jul 14, 2019 06:11 PM Merolagani

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सभाले पाँच जना सञ्चालक चयन गरेको छ। असार २६ गते बिहिबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेसहित अन्य चार सञ्चालक चयन गरेको हो।

होटल याक एण्ड यति,दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको सभाले अन्य सञ्चालकहरुमा सुभाष अमात्य, नरेश बहादुर मल्ल, रामेश्वर सापकोटा तथा प्रभु बैंकका तर्फबाट प्रतिनिधी सञ्चालक मनिराम पोखरेललाई चयन गरेको हो।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ।

प्रभु लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २८ गतेदेखि कारोबार सञ्चालनमा आएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।