एनआईसी एशिया बैंककोे गोरखामा शाखारहित बैंकिङ्ग सेवा

Jul 15, 2019 12:10 PM Merolagani

एनआईसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा आपm्नो ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम प्रसाद रेग्मीले गरे। उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन्। यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।