होटल एल्लो प्यागोडा जमलमा दिउसो १ः३० बजे आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि आवश्यक नीति तथा कार्यक्रम सार्वजनिक गरिेन कार्यक्रम बोर्डले आयोजना गर्न लागेको हो ।बोर्डले एक आर्थिक वर्षको गर्ने कार्य योजना उक्त नीति तथा कार्यक्रम मार्फत तय गर्न लागेको हो ।
जसका लागि बोर्डले विभिन्न व्यक्ति, निकाय र संस्थाहरुसँग सुझाव गरी तयार पारेको हुन्छ। जस अनुसार बोर्डले आफ्नो क्षेत्राअधिकार भित्रपर्ने सुझावहरुलाई कार्य योजना बनाएर प्रस्तुत गर्र्दछ ।
यस पटकको नीति तथा कार्यक्रमको लागि बोर्डले सम्बन्धीत व्यक्ति तथा संस्थाहरु मार्फत सुझाव संकलन गरेको थियो । जसमा प्राथामिक बजारलाई जस्तै दोस्रो बजारलाई पनि देश ब्यापी विस्तार गर्नुपर्ने, स्टक डिलरको बजार प्रवेशलाई दु्रतता दिनुपर्ने, म्युचुअल फण्डको लगानी क्षेत्रसम्बन्धी नियमावलीमा थप स्पष्टता पार्नुपर्ने सुझावहरु रहेका छन् ।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिलाई निरुत्साहित गर्न बोर्डले नियमन तथा सुपरिवेक्षेण क्षमता बढाउनुपर्ने, वस्तु विनिय बजारलाई कृषि उपजहरु सँग आवद्ध गरी कृषि उपजहरुको उत्पादन तथा बजार प्रवद्रधन हुने वातावरण तयार गर्नुपर्ने, गैर आवसीय नेपालीलाई पूँजी बजारमा भित्र्याउ ठोस कदम चाल्नुपर्ने र ऋणपत्र तथा अग्रधिकार शेयरको निष्काशन तथा प्रवद्र्धन गर्नुपर्ने जस्ता सुझावहरु विभिन्न सरकारबालाहरुले बोर्डमा दिएका छन्।
आगामी आवमा बजेटले समेटेका वियषयवस्तु र सरोकारवाला निकाय तथा व्यक्तिहरुबाट प्राप्त सुझावहरुलाई आधार मानेर सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्न असार ३ गते सुझाब संकलन कार्यक्रम गरेको थियो। नीति तथा कार्यक्रममा प्राथमिक बजारसँगै दोस्रो बजारको पहुँच विस्तारलाई सहयोग र्पुयाउने कार्यक्रमहरु, धितोपत्र बजारमा नयाँ औजारहरु थप हुने सम्बन्धी व्यवस्थालाई समेत कार्यक्रममा समेटेर अघि बढ्ने विश्वास सरोकारवालाहरुको छ।