आँधिखोला लघुवित्त मर्जर या एक्वीजिशनबाट राष्ट्रियस्तरको बन्ने

Jul 15, 2019 12:29 PM Merolagani

असार ३० गते सोमबार सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेर बाँडफाँड गरेको आँधिखोला लघुवित्त राष्ट्रियस्तरको बन्न इच्छुक देखिएको छ। लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले राष्ट्र बैंकको निर्देशन अनुसार उपयुक्त संस्थासंग मर्जर तथा एक्वीजिशनमा गई राष्ट्रियस्तरको बन्ने बताए।

सोमबार लघुवित्तको शेयर बाँडफाँड कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत केसीले राष्ट्र बैंकको निर्देशन अनुसार उपयुक्त संस्थासंगको सहकार्यमा राष्ट्रियस्तरको बन्ने बताए।

समय र परिस्थिति अनुसार मर्जर तथा एक्वीजिशन के गर्ने भन्ने कुराको निर्णय हुने उनको भनाई छ।

स्याङ्जा भीरकोट १ बयरघारी केन्द्रिय कार्यालय रहेको लघुवित्तले स्याङ्जा, कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ्ग गरी १० जिल्लामा १९ शाखा विस्तार गरिसकेको छ।

यस्तै हाल सम्ममा ६७ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड रुपैयाँ बचत संकलन गरेको उनले जानकारी गराए। चालु आर्थिक वर्षको अन्त्य सम्ममा करिब ढेड करोड नाफा आर्जन गर्ने उनको अनुमान छ।

आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।