कुलेखानी बाँधको ढोका नखोलिने,सबै टर्वाइन घुमाएर विद्युत् निकाल्ने तयारी

Jul 15, 2019 02:42 PM RSS

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ।

ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। उनका अनुसार तीन-चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिराले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गएराति आएको पहिरामा पुरिएर स्थानीय अन्दाजी ४५ वर्षीया कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका थिए । उनीहरुको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । पहिराले पुरिएर कान्छीमायाकी बुहारी अन्दाजी ३०–३२ वर्षीया बेली बलामी भने घाइते भएकी छिन् ।

बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण बाढीपहिरामा परी मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मकवानपुरको इन्द्रसरोवरमा आइतबार राति घरमा लडेको पहिरामा परी स्थानीय आमाछोरी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामीको शव सोमबार फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।

यसअघि निरन्तर परेको वर्षाले शुक्रबार मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो । जिल्लाकै कैलाश गाउँपालिका वडा नं १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको थियो । यस्तै शुक्रबार नै जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वर्ष १४ की सृष्टी डिम्डुङको पहिराले पुरिएर मृत्यु भएको थियो।

त्यसैगरी सिन्धुलीको हरिहरपुर गढी, सर्लाही तथा रौतहटका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।