देवः र वेष्टर्न डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरू, अझै २,४ वटा वित्तीय संस्था गाभ्न गभर्नरको आग्रह

Jul 15, 2019 05:59 PM merolagani

देवः विकास बैंकले ३ जिल्ला कार्य क्षेत्र रहेको वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी सोमबारदेखि एकीकृत बैकिङ कारोबार शुरू गरेको छ । सोमबार हेटल मनास्लुमा एक कार्यक्रमका बिच राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले बैंकको एकीकृत कारोबारको उद्घाटन गरे ।

वेष्टर्नलाई प्राप्ति  गरी एकीकृत कारोबार सुरू गरेसंगै देवः विकास बैंकको चुक्ता पुँजी तीन अर्ब १७ करोड पुगेको छ भने चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो राष्ट्रियस्तरको बिकास बैंक बनेको छ । 

एनडिइपी डेभलपमेन्ट बैंक र रूपन्देही कार्य क्षेत्र रहेको राइजिङ डेभलपमेन्ट बैंकमर्ज भएर २०७२ असार २५ गतेबाट देवः विकास बैंकको नामबाट एकीकृत कारोबार सुरू गरेको बैंकले युनियन फाइनान्स र साझा विकास बैंक लगायतका ६ वटा वित्तिय संस्थालाई आफुमा गाभिसकेको छ ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले देवः विकास बैंकले अझै २,४ वटा बैंक तथा वित्तीय संस्थालाइ गाभेर अझै सबल र बलियो बन्नुपर्ने बताए ।

धेरै जनसँख्या भएको देशमा भन्दा नेपालमा मर्जर तथा एक्वीजिसन प्रकृया सजिलो हुने भन्दै गर्भनर नेपालले मर्जरले प्राविधिक खर्च समेत कम हुने भएकाले मर्जर आजको अवश्यकता बनेको बताए । उनले ८९ वटा विकास बैंक अहिले मर्जर तथा एक्वीजिसन भएर २२,२३ वटामा झरेको र यसबाट विकास बैंकहरू अझै मजबुत बन्दै गएको बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले मर्जर तथा एक्वीजिसन प्रकृयालाई छोट्याउनुपर्ने धारण ब्यक्त गरे । उनले बिग मर्जर हुँदा धेरै कारोबार हुने बाणिज्य बैंककहरूको शेयर कारोबार रोकिने र धितोपत्र कारोबारमा कमी आउने हुँदा मर्जरको प्रकृयालाई छोटो बनाउनुपर्ने बताए ।

दुवै बैंकको गत असार १२ गते बसेको वार्षिक साधारणसभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्ताव परित गरेका थिए । एक्वीजिसन पश्चात बैंकको निक्षेप रकम २२ अर्ब ९२ करोड र कर्जा २० अर्ब ४३ करोड रूपियाँ पुगेको छ भने ७७ वटा शाखा सञ्जाल पुगेको छ ।

त्यस्तै कार्यक्रममा देवः विकास बैंकका अध्यक्ष देब गुरूङले राष्ट्र बैंकले दिएको निर्देशन र आगामी दिनमा ल्याउने नीति नियमलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।