बजार खुलेको दुई मिनेटमा नै कसरी बढ्यो ३१ अंकले नेप्से?

Jul 16, 2019 11:37 AM Merolagani

मंगलबार नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुरु भएको दुई मिनेटमा नै ३१ अंकले नेप्से बढेको छ । कारोबारको पन्ध्र मिनेटमा  धेरै कम्पनीको शेयरमूल्य बढेर नेप्से सूचक २८.६९ अंकले माथि गई १२८३.२५ अंकमा रहेको थियो ।

कारोबारमा आएका सबै उपसमूहको सूचक बढेको नेप्सेको वेवसाइटमा देखिएको थियो। कारोबार सुरु भएको दुई मिनेटमा नै ३१ अंक बढेर १२८५ मा पुगेपनि सो पश्चात नेप्से इन्डेक्स घट्दा नेप्से ग्राफमा घटेको हो। 

केही ब्रोकर कम्पनीहरुले ५० भन्दा बढी कम्पनीको शेयर  १० कित्ताका दरले  शेयरमूल्य बढाएर किन्दा नेप्सेमा उछाल आएको हो। 

शेयरमूल्य बढ्ने कम्पनीहरुमा अधिकांश साना कम्पनीहरु थिए जसको कारणले नेप्से घटाई अथवा बढाईमा ठूलो भुमिका हुँदैन। कारोबारको सुरुमा केही दलाल कम्पनी मार्फत बढी मूल्यमा थोरै कित्ता कारोबार हुँदा नेप्सेमा सुरुमा तीब्र उछाल आएको जस्तो देखिएको हो। पछि सहज कारोबार हुन थालेपछि शेयरमूल्य र नेप्से दुबै घट्न थालेका थिए।

कारोबारको १५ मिनेट अवधिमा बेलासम्म कारोबार रकम १ करोड ४८ लाख मात्र भएको थियो। शेयरमूल्य घट्ने कम्पनीहरुमा शिबम् सिमेन्ट, अपर तामाकोशी लगायत चार कम्पनी थिए।

नेप्सेमा एक्कासी शेयरको मूल्य बढेर सूचक पनि उल्लेखनीय रुपमा माथि गएको विवरण कसरी प्रवाह हुन पुग्यो भन्ने बारेमा मेरोलगानीले नेप्सेका प्रवक्त मुराहरी पराजुलीलाई सोध्दा उनले कारोबारको सुरुमा धेरै कम्पनीको शेयरमूल्य बढेकाले नेप्सेमा पनि बढोत्तरी देखिएको जानकारी दिए।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।