माथिल्लो तामाकोशीको सञ्चालकको निर्वाचन पुन: स्थगन

Jul 16, 2019 11:57 AM Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरको सञ्चालकहरुको निर्वाचन पुनः स्थगित भएको छ। उच्च अदालत पाटनको आदेशपछि कम्पनीले मंगलबारका लागि तय गरेको निर्वाचन कार्यक्रम स्थगित भएको हो।

यसअघि असार ११ गते आब्हान गरेको साधारणसभामा ४ जना सञ्चालकका लागि १३ जना शेयरधनीहरुले उम्मेदवारी दिएकाकोमा गोसाई केसीको उमेद्धवारी रद्ध भई १२ जना कायम रहेका थिए।

महिला सदस्यलाई सञ्चालक पद नछुट्याइ निर्वाचन गर्न लागेको भन्दै गोसाई केसीले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले विपक्षिले दाएर गरेको मुद्दाको टुंगो नलागेसम्मको लागि सञ्चालकको निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि सञ्चालकको निर्वाचन स्थगित भएको हो।

 

अब महिला सञ्चालकको लागि छुट्टै प्रबन्धपत्र नियमावलीमा व्यवस्था नभएसम्मको लागि निर्वाचन स्थगन हुनेछ। यसअघि असार ११ गते गणपुरक संख्या नपुगेपछि साधारणसभा स्थगित भएको थियो।सो पश्चात कम्पनीले असार १७ गते दोस्रो पटक सुचना प्रकाशित गरी असार ३१ ग्ते साधारणसभा आब्हान गरेको थियो।

कम्पनीले असार ३१ गते आब्हान गरेको साधारण सभामा सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव राखेपनि अदालतको आदेश अनुसार हाललाई सञ्चालकहरुको निर्वाचन स्थगित गरिएको कम्पनीले जनाएको छ।

आठ लाख १८ हजार शेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएका थिए।

हालको निर्वाचन कार्यक्रम स्थगित भएसँगै अब परिवर्तित परिस्थिति, निर्वाचन निर्देशिका र कम्पनीको प्रबन्धपत्र तथा  नियमावलीमा संसोधन गरि पुन कम्तिमा एक महिला सहित ४ सञ्चालकको निर्वाचज मनोनयन, दरर्खात खर्ता देखिको सबै प्रकेया पूरा गरि निर्वाचन गर्नुपर्ने भएकोले निर्वाचनको कार्यक्रम स्थगन भएको हो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।