प्रस्तावित बाफियामा लघुवित्तलाई विकास बैंकमा स्तराेन्नति गर्न सकिने व्यवस्था

Jul 16, 2019 06:53 PM Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन ( बाफिया)मा  लघुवित्तहरुलाई विकास बैंकमा स्तराेन्नति गर्न सकिने व्यवस्था रहेको बताएका छन्। 

मंगलबार अर्थ मन्त्रालयमा आयोजित ग्रामीण स्वबलम्बन कोष, साना किसान विकास लघुवित्तलाइ हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री खतिवडाले नयाँ ऐन अएपछि ‘घ’ वर्गका लघुवित्तलाई ‘ख’ वर्ग बिकास बैंकमा स्तराेन्नति गर्न सकिने बताएका हुन।

अर्थमन्त्रीले भने,चार पाँच वर्षमा हामी गरिबीको अन्त्य गर्छौ भनिरहेका छौं, गछौं पनि । त्याे बेला गरिबीको परिभाषामा लघुवित्तहरूलाई  लगानी गरि राख भन्न पनि सकिँदैन । कि लघुवित्तकाे परिभाषा खुकुलाे गर्दै जानुपर्यो या विकास बैंकको मोडलबाट जानुपर्यो । त्यसैले  दीर्घकालीन रुपले हेर्दा राम्रो काम गर्ने, पूँजी पुर्याउने लघुवित्तहरुलाई विकास बैंकमा स्तराेन्नति गर्न सकिन्छ।’

मन्त्री खतिवडाले साना किसान विकास लघुवित्तलाई बैंकहरुसंग प्रतिस्पर्धा नगर्न पनि निर्देशन दिएका छन्। उनले भने ‘बैंकहरुले पत्याई नसेकेका, माइक्रोफइनान्स संस्थाहरुले छोडिसकेका समूहलाई  तपाईहरुले समेट्ने हो। यिनीहरु पछि ठूला व्यवसायिक पनि हुन्छन् ।’

साना उद्यमी तथा व्यवसायीहरुलाई कर्जा प्रवाह गर्न साना किसान विकास लघुवित्त सक्षम हुने उनको विश्वास छ।

मन्त्री खतिवडाले युवा स्वरोजगार र गरिबी निवरण कोषलाई पनि एउटै बनाउने योजना भएपनि अहिले सम्भव नभएको बताए। कार्यक्रम तथा योजनाहरु दाेहाेरिने क्रम बढेकाेले यी दुइ संस्थालाई एउटै बनाउन लागिएकाे उनकाे भनाइ थियाे ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।