ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य समायोजन

Jul 17, 2019 11:48 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) को साउन १ गते नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले जारी गर्न लागेको एक बराबर एक अनुपातको हकप्रद शेयरको बुकक्लोज पश्चात शेयरमूल्य समायोजन भएको हो।

स्टकले लघुवित्तको शतप्रतिशत हकप्रद समायोजनपछि प्रतिकित्ता ६५१ रुपैयाँमा शेयरमूल्य समायोजन गरेको हो। बुधबार समायोजित मूल्यलाई आधार मानेर लघुवित्तको शेयर कारोबार सुरु भएको हो। कारोबारको एक घण्टा अवधिमा समायोजित शेयरमूल्यमा कम्पनीको शेयरमूल्य २ प्रतिशतले बढेको छ।

 

नेपाल स्टक एक्सचेञ्जमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा कम्पनीको औसत आधार मूल्य ९९२ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

लघुवित्त कम्पनीले ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। यद्यपी कम्पनीले हकप्रद जारी गर्ने मिति भने तोकिसकेको छैन।

कम्पनीले हकप्रद जारी गर्न साउन १ गते बुकक्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।