प्रभु बैंकले वीर अस्पतालमा शुरु गर्यो चौविसै घण्टा खुल्ने काउन्टर

Jul 17, 2019 12:33 PM Merolagani

नेपालको सबैभन्दा जेठो वीर अस्पतालमा प्रभु बैंकले चौविसै घण्टा खुल्ने एक्सटेन्सन काउन्टर शुरु गरेको छ।

अस्पतालमा उपचार गराउँन आउने सर्बसाधारणको सुविधाका लागि अस्पताल प्रशासनसँगको सहमतिमा बैंकले साउन १ गतेदेखि एक्सटेन्सन काउन्टर शुरु गरिएको जनाएको छ ।

प्रभुले हज यात्राका लागि मक्का मदिना जाने नेपाली मुस्लिम धर्मालम्बीहरुका लागि विदेशी मुद्रा सहटीको सुविधा पनि साउन १ गतेदेखि नै काठमाडौको घण्टाघरबाट दिन थालेको छ।

हज यात्राका लागि जाने एक हजार दुई सय जनालाई लक्षित गरी बैंकले प्रति ब्यक्ति एक लाख रुपैयाँ बराबरको सुविधा दिने जनाईएको छ।

बैंक बैंकले गत आर्थिक बर्षको अन्त्य सम्ममा एक खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९० अर्ब कर्जा प्रबाह गरेको छ । बैंकका देशभर एक सय ८७ शाखा, एक सय ५० एटीएम र २५ वटा एक्सटेन्शन काउन्टर छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।