इन्स्यारेन्स कम्पनी संचालक समितिको गत जेठ ३० गते बसेको बैठकले पौडेललाई प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस अनुसार उनले बुधबार देखि कार्यभार सम्हालेका हुन्।
मेरोलगानीसंग कुरा गर्दै नवनियुक्त सीईओ पौडेलले संस्थाको प्रगतिमा जोड दिएर अघि बढ्ने बताए। उनले भने, ‘बीमा क्षेत्रको लागि म नयाँ छु। त्यसैले केही कुराहरु बुझीसकेको छु भने केही अझै बुझन बाँकी छ। मेरो कार्यकाल संस्थाको हित र प्रगतिमा केन्द्रित हुनेछ।’
३० वर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश पाएका उनी पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख र राष्ट्र बैंकको प्रवक्ता समेत थिए।