हिमालयन बैंकको ३ अर्बको ऋणपत्र बिक्रीमा, वार्षिक १० प्रतिशत ब्याज पाइने

Jul 18, 2019 12:06 PM Merolagani

हिमालयन बैंकमा साउन २ गते बिहिबारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री सुरु भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरमा ३० लाख युनिट ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ ऋणपत्र बिक्री खुला गरेको हो।

बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारण आवेदन गर्न सक्नेछन्। सर्वसाधारणमा निष्काशन हुने मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ।

सात वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमाब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।

बैंकको ऋणपत्र खरीद गर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट छिटोमा साउन ६ गतेसम्म आवेदन गर्न पाउनेछन। सो अवधिमा सबै ऋणपत्र खरीदका लागि आवेदन नपरेमा लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदनगर्न पाउने ब्यवस्था छ।

बैंकहरुले आफ्नो पुँजीकोष बलियो बनाउन ऋणपत्र बिक्रीको गर्न खोज्दा लगानीकर्ता भने बैंकहरुले निष्काशन गर्ने ऋणपत्रमा खासै आकर्षित सकेका देखिँदैन। जसको कारण अन्य बैंकहरुले निष्काशन गरेको ऋणपत्र बिक्री हुन पनि हम्मेहम्मे परेको अवस्था छ।

 

 

व्यक्तिगत तवरबाट भएपनि धेरैजसो बैंकहरुले निष्काशित सबै ऋणपत्र बिक्री गरेका छन्। पछिल्लो पटक नेपाल बंगलादेश बैंकले पनि ८ लाख युनिट सार्वजनिक निष्काशनमा ल्याएकानेमा ६ लाख ८५ हजार २२२ युनिट अवितरित भएपछि व्यक्तिगत तवरबाट बिक्री गरेको थियो।

हिमालयन बैंकले यसअघि आठ प्रतिशतब् याजदरमा ७ वर्ष अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो। उक्त ऋणपत्र परिपक्क हुने अवधि नजिकिँदै गएपछि बैंकले दीर्घकालिन स्रोत परिचालनका लागिअर्को ऋणपत्र निष्काशनको तयारी गरेको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकप्रतिवेदनअनुसार बैंकको पूँजीको अनुपात ११.८२ प्रतिशतमा झरेकाले पनि बैंकलाई पूँजी बढाउनुपर्ने बाध्यता छ। ऋणपत्र बिक्रीको पाँच प्रतिशत रकम पूँजी कोषमा गणना गर्न सकिन्छ। वाणिज्य बैंकले कम्तिमा ११ प्रतिशत पूँजीकोष कायम गनुृपर्छ। सो कायम नभएमा राष्ट्र बैंकले कारबाही गर्ने गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।