पूँजीगत लाभकर लगानीकर्ताले नै गणना गरी बुझाउनुपर्ने, नबुझाए अंकित मूल्यमा नै राफसाफ !

Jul 18, 2019 01:12 PM Merolagani

सरकारले नयाँ आर्थिक वर्षको सुरुदेखि भारित औषत लागतको आधारमा पूँजीगत लाभकर गणना गर्ने व्यवस्था गरेपछि लगानीकर्ताले आफ्नो शेयरको खरिद बिक्रीपछि राफसाफ सदस्यलाई पूँजीगत लाभकर गणना गरी बुझाउनुपर्ने भएको छ। 

लगानीकर्ताले कारोबार भएको भोलीपल्ट कार्यालय समय (टि+१) भित्र आफ्नो भारित औषत लागत गणना गरी राफसाफ सदस्यलाई  बुझाउनु पर्नेछ। लगानीकर्ताले बुझाएको फारामको आधारमा नै सो व्यक्तिको पूँजीगत लाभकर बुझाउनुपर्छ भन्ने निर्धारण हुनेछ।

लगानीकर्ताले सो समयभित्र आफ्नो कारोबारको राफसाफ गर्ने राफसाफ सदस्यलाई उक्त फाराम भरी सहिछाप गरी नबुझाएको खण्डमा भने राफसाफ प्रणालीले नै कारोबार भएको धितोपत्रको भारित औषत लागतको आधार मूल्य स्वतः अंकित मूल्य (१०० रुपैयाँ) लाई कायम गरी कारोबारको राफसाफ हुनेछ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड) बाट प्राप्त निर्देशन अनुसार अनुसार स्टक ब्रोकर एसोसियसन अफ नेपालले आफ्ना राफसाफ सदस्यहरुले लगानीकर्ताहरुबाट आफ्नो लगानीको भारित औषत लागत गणना गरी फाराम भराई लिन र सोही अनुसारको लागत सिडिएसको राफसाफ प्रणालीमा प्रविष्टि गर्न भनेको छ।

साथै एसोसियसनले सम्पूर्ण लगानीकर्तालाई आफ्नो कारोबारको राफसाफ गर्ने राफसाफ सदस्यलाई पूँजीगत लाभकर गणना फाराम भरी सहिछाप गरी कारोबार भएको भोलीपल्ट कार्यालय समय (टि+१) भित्र उपलब्ध गराई दिनुहुन अनुरोध गरेको छ।

स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले पूँजीगत लाभकर गणना फारम लगानीकर्ताले आधारिक इमेल मार्फत अथवा भौतिक दुबै रुपमा बुझाउन सक्ने बताए।

सरकारको आर्थिक विधेयक २०७६ मार्फत आयकर ऐन, २०५८ को दफा ९५ (क) को संसोधन मार्फत् “उपदफा (२) को खण्ड (२क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औषत लागतको आधारमा गणना गर्नु पर्नेछ” भन्ने व्यवस्था गरेको थियो।

सोही व्यवस्था अनुसार २०७६ साउन १ गतेदेखि गरिने धितोपत्रको कारोबारमा राफसाफ सदस्यले लगानीकर्तालाई तोकिएको फाराम भराई सिएनएस सिस्टममा प्रविष्टि गर्न सिडिएस एण्ड क्लियरिङ्गले निर्देशन दिएको थियो।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।