बिल गेट्सलाई पछि पार्दै अर्नल्ट बने विश्वको दोस्रो धनी

Jul 18, 2019 01:27 PM agency

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछि पार्दै लग्जरी गुड्स कम्पनी एलभीएमएचका अध्यक्ष बर्नार्ड अर्नल्ट विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्ग अर्बपतिको सूचीमा विगत सात वर्षको इतिहासमा बिल गेट्सले दुई नम्बरबाट तल झर्नुपरेको थिएन । तर यसअघि दोस्रो नम्बरमा रहेका बिल गेट्स यो बर्ष तेस्रो नम्बरमा झरेका हुन् ।

एलभीएमएचको शेयरमा १.३८ प्रतिशतको वृद्धि भएसँगै अर्नल्ट कुल सम्पत्ति १ खर्ब ७ अर्ब ६० करोड डलरका साथ दोस्रो स्थानमा परेका हुन् । उनको सम्पत्ति बिल गेट्सको भन्दा २०० मिलियन डलर बढी छ ।

अर्बपतिहरूमध्ये अर्नल्टको कुल सम्पत्तिमा यो बर्ष मात्र ३९ अर्बले वृद्धि भएको छ । उनी ब्लूमबर्गको सूचीमा ५ सय जनामध्ये हालसम्मकै सबैभन्दा धेरै व्यक्तिगत कमाई गर्ने सूचीमा अग्रस्थानमा परेका छन् ।

ब्लूमबर्ग अर्बपतिको सूचीमा एक खर्ब २५ अर्ब डलरका साथ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् भने १ खर्ब ७ अर्ब डलरका साथ बिल गेट्स दोस्रो स्थानमा रहेका छन् ।

अर्नल्ट गत महिना सेन्टीबिलेनियर (१०० अर्ब डलर नेटवर्थ) को सूचीमा शामिल भएका थिए । उनीसँग एलभीएचएम कम्पनीको करिब ५० प्रतिशत शेयर रहेको छ भने फेशन हाउस क्रिश्चियन डायरको पनि ९७ प्रतिशत शेयर रहेको छ । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।