सिभिल बैंक आईएसओबाट प्रमाणित

Jul 18, 2019 02:23 PM Merolagani

सिभिल बैंक (CBL) आईएसओ प्रमाणित बैंक बन्न सफल भएको छ। समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढेको बैंकले बिहीबार आईएसओ सटिफिकेसनको आधिकारीक संस्था युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमबाट आइओएस ९००१ २०१५ को प्रमाणपत्र प्राप्त गरेको हो।

बिहीबार एक कार्यक्रमका बीच युआरएस युनाइटेड रजिष्ट्रारअफ सिस्टमका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गलाई आईएसओ प्रमाणपत्र प्रदान गरेका छन् । 

आईएसओ ९००१:२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्र्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा प्रदान गर्दा र नियमनकारी निकायद्धारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गर्दा पाइने प्रमाणपत्र हो।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आईएसओ प्रमाणिकरणसँगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु र ग्राहककै चाहाना अनुरुपमा आधुनिक डिजिटल बैंकिङ्गका प्रोडक्टहरु ल्याउने बताए।

 

त्यस्तै बैंकका अध्यक्ष ईच्छाराज तामाङ्गले सिभिल बैंकका सेवा तथा सुविधाहरु ग्राहकमा केन्द्रित रहेको र नियमनकारी निकायहरुको सबै नियम मानि अघि बढिरहेको संस्था प्रमाणित भएको बताए। उनले आगामी दिनमा ग्राहकहरुकै सेवामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाए।

हाल सिभिल बैंकको कुल शाखा संख्या ९६ ओटा पुगेको छ। बैंकले आगामी दिनमा सामाजिक उत्तरदायित्वको बहन सँगसँगै आफ्ना ग्राहाक वर्ग तथा अन्य सम्पुर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिष्कृत गर्दै लैजानै र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।