अनलाईन प्रणालीले राम्रो काम नगर्दा शेयर कारोबार प्रभावित, लाभकर गणनाको समेत झमेला

Jul 18, 2019 04:17 PM Merolagani

नेपाल स्टक एक्चेन्जमा पुर्ण स्व:चालित कारोबार प्रणालीको टीएमएसले राम्रो काम नगर्दा साताको अन्तिम दिन बिहीबार शेयर कारोबार प्रभावित भएको छ। प्रणालीमा समस्या आउँदा कयौं शेयर दलालहरुले आफ्ना ग्राहकलाई सहज कारोबारको सुविधा दिन सकेनन्।

त्यसै गरी नयाँ बजेटको व्यवस्था अनुसार पूँजीगत लाभकरमा भारित औषत लागत गणना विधि  प्रकृया स्पष्ट नहुँदा पनि लगानीकर्ता अन्यौलग्रस्त देखिए।

ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा समस्या देखिएपछि कारोबारमा कठीनाई आएको शेयर दलालहरुको गुनासो छ। उनीहरुले कहिले मार्कट डेप्थ नदेखिने, आदेश प्रविष्ट गर्न नमिल्ने, प्रणालीले आदेश नलिने र आदेश देखाएपनि कारोबार नुहने समस्याले कारोबार दिनभरी अवरुद्ध भएको गुनासो गरे ।

यता नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि कुनै कुनै शेयर दलालहरुको कारोबारमा समस्या देखिएको स्वीकारे। तर अनलाईन प्रणालीमा समस्या नरहेको उनको दाबी  । उनले भने, ब्रोकरहरुको नेटवर्कको समस्याले कारोबार ढिलो भएको हो तर कारोबार नै बन्द भएको भने होइन।
नयाँ आर्थिक वर्ष पहिलो कारोबार सकारात्मक देखिएपनि दोस्रो दिन भने शेयर बजारमा सामान्य गिरावट देखिएको छ।

बिहीबार नेप्से परिसूचक २.३७ अंकले घटेर १२७२.४९ बिन्दुमा झरेको छ।

यस दिन १५८ वटा कम्पनीका १२ लाख ५० हजार ७०८ कित्ता शेयर किनबेच भएर ४१ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बुधबार ४२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएको अधिकांश उपसूचकहरु ओरालो लागेका छन्। कारोबारमा आएका आठ सूचक ओरालो लाग्दा तीनको मात्रै सकारात्मक देखिएको हो। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक ५.३९ अंकले सुधार भएको छ। यस्तै फाइनान्स ३.०३ र माइक्रोफाइनान्सको सूचक ०.१८ अंकले बढेको हो ।

यता जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै २७.६७ अंकले नकारात्मक बनेको छ। यस्तै होटल २५.८८, निर्जीवन बीमा २१, हाइड्रोपावर ७.५८, विकास बैंक ४.३६, वाणिज्य बैंक १.३५, अन्य ०.७४ र म्युचुअल फण्ड ०.०१ अंकले नकारात्मक देखिएको छ ।

बिहीबार छिमेक लघुवित्तको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिवम सिमेन्टस, नेपाल लाइफ र नेपाल बैंकको २ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो । प्रभु बैंक, एनआईसि एसिया, सिभिल बैंक, नवल बैंक, मेगा बैंक, अपर तामाकोशीको पनि एक करोड रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ ।

यस दिन नेपाल हाइड्रोको शेयरमूल्य सबै भन्दा धेरै ९.२४ प्रतिशतले बढेको  । यस्तै महुली सामुदायिक लघुवित्त, ग्लोवल आईएमई लघुवित्त, दिव्यश्वरी हाइड्रोपावरको शेयरधनीले बिहीबारको कारोबारबाट ४ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता मेरो माइक्रोफाइनान्सको शेयरमूल्य भने सबैभन्दा धेरै ६.८१ प्रतिशतले घटेको छ । नविल इक्वीटी फण्डको इकाई मूल्य पनि ५.५७ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, पाँचथर पावर कम्पनी, जोशी हाइड्रोपावर,स्वदेशी लघुवित्त, युनिर्भसल पावर, लक्ष्मी बैंकको शेयर मूल्य ओरालो लागेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।