प्रभु बैंकको बीमा सुविधा सहितका दुई नयाँ बचत खाता शुभारम्भ, एक करोडसम्म दुर्घटना बीमा

Jul 18, 2019 04:14 PM Merolagani

प्रभु बैंकले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ्ग गरि दुई नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।

दुबै खातामा औषधोपचार र दुर्घटना बीमा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यो सुविधाको माध्यमबाट बैंकले प्रभु वेलकम र प्रभु स्यालरी सेभिङ्ग खाता योजना अन्तर्गत हाल सञ्चालन भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ र दुर्घटना बीमा बापत एक करोड सम्मको जोखिम बैंकले वहन गर्ने भएको हो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भई उपचार गर्नुपर्ने विभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दाबी गर्नसक्ने बताइएको छ ।

यस्तै अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दाबी गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।