सिभिल बैंकको मर्जर कुराकानी अन्तिम चरणमा - अध्यक्ष तामाङ

Jul 18, 2019 05:56 PM Merolagani

सिभिल बैंक (CBL) को मर्जर प्रकृया अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताएका छन् । बिहीबार बैंकले आयोजना गरेको अन्तर्राष्टिय मान्यता प्राप्त आईएसओ सार्वजनिक गर्ने आयोजित कार्यक्रममा उनले मर्जरको प्रकृया अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले भने- ‘राष्ट्र बैंकको निर्देशन अनुसार मर्जरको प्रकृयालाई तीव्रताका साथ अगाडि बढाईरहेका छौं। ८/१० वटा बैंकहरुसंग द्धिपक्षिय छलफल जारी छ। चाँडै नै हामी मर्जरको विषयलाई टुंगोमा पुर्याउछौ।’

Ichchharaj Tamang

उनले शेयर बजारमा चलखेल हुने भन्दै कुन बैंकसंग मर्जरका विषयमा छलफल भइरहेको छ भन्ने कुरा भने खोल्न चाहेनन् ।  

नेपालको अर्थतन्त्र सानो रहेको, सानो कुराले पनि शेयर बजार र शेयर मूल्य प्रभावित हुने गरेको भन्दै तामाङले आफुले त्यही संबेदनशिलता ख्याल गरेर कुराकानी भईरहेका बैंकहरुको नाम बताउँन नचाहेको उल्लेख गरे। 

‘क’ वर्गका बैंहरुसंग कुरा भैरहेको जानकारी गराउदै उनले आफुहरु भन्दा मजबुत र राम्रो बैंकसंग मर्जरमा जाने स्पष्ट पारे । 

आफुहरु पनि राम्रो भएकै कारण आईएसओ मान्यता पाएको उनको भनाई छ। आईएसओ मान्यता प्राप्त गरेपछि कम्पनी थप मजबुद भएकोले मर्जरमा जाँदा "भ्यालु एड" हुने उनको भनाई  छ। 

बैंकले बिहीबार आईएसओ सर्टिफिकेशनको आधिकारीक संस्था युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमबाट आइओएस ९००१ः२०१५ को प्रमाणपत्र प्राप्त गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।