ग्लोबल आइएमई लघुवित्तको हकप्रद साउन २१ देखि, चुक्ता पूँजी २२ करोड पुग्ने

Jul 19, 2019 09:36 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त (GILB) को साउन २१ गते देखि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुल्ने भएको छ। लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ बराबरको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन लागेको हो।

लघुवित्तले हकप्रद प्रयोजनको लागि साउन १ गते शेयर दाखिला खारेजी गरेको थियो। त्यसअनुसार असार ३१ गते सम्म कायम शेयरधनीहरुले मात्रै लघुवित्तको हकप्रद भर्न पाउनेछन्।

हकप्रद ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं, ग्लोवल आइएमई लघुवित्तको कार्यालय बेसीशहर, शाखा कार्यालयहरु, रङ्गेली मोरङ, पाखरीया पर्सा, कालिका चितवन, विदुर नुवाकोट, पोखरा कास्की, बैजनाथ बाँके, पञ्चपुरी सुर्खेत, गौरीगंगा कैलाली र लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट भदौ २३ गते सम्म आवेदन बुझाउन सकिनेछ।

यस्तै सि-आश्वाको सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताहरुले अनलाईनबाट पनि हकप्रद भर्न सकिनेछ।

शतप्रतिशत हकप्रद बिक्री पश्चात यस संस्थाको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैयाँ कायम हुनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।