गुराँस लाइफको दोस्रो पटक संस्थापक शेयरको लिलामी खुल्यो, साउन १० गतेसम्म आवेदन दिन पाइने

Jul 19, 2019 11:28 AM merolagani

गुराँस लाइफ इन्स्योरेन्सको विद्यमान संस्थापकले यसअघि निष्काशन गरेको हकप्रद शेयर खरिद नगरेपछि कम्पनीले दोस्रो पटक साउन ३ गतेदेखि लिलामीमा बिक्री खुल्ला गरेको छ ।इन्स्योरेन्सले पहिलो पटक लिलामी निकाल्दा बिक्री नभएका ९० हजार ५७१ कित्ता संस्थापक हकप्रद शेयर शुक्रबारदेखि दोस्रो पटक लिलामी बिक्री खुला गरेकोे हो।

कम्पनीले हकप्रदमा नबिकेका संस्थापक शेयरहरू पहिलो पटक बोलकबोल मार्फत बिक्री गर्न खोज्दा बिक्री नभएपछि पुनःदोस्रो पटक सर्वसाधारणले समेत आवेदन गर्न पाउने गरि बोलकबोल खुला गरेको हो ।

कम्पनीले गत चैत २८ देखि जेठ २८ गतेसम्म २ बराबर १ शेयरको अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

गुराँस लाइफइन्स्योरेन्सले चुक्ता पूँजी बढाउन जारी गरेको ५० प्रतिशत हकप्रद शेयर  संस्थापकहरूले नै खरीद नगरेपछि लिलामीमा निकाल्नु परेको छ । अरू बीमाकम्पनीहरूको संस्थापकहरूले आवेदन गर्ने तर सर्वसाधारणतर्फकाले आवेदन गर्न छुटाउने प्रवृत्ति रहेकोमा गुराँस लाईफमा भने विपरित देखिएको छ ।

कम्पनीको शेयरमा बोलकबोल आवेदन दिँदा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामी शेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्फत साउन १० गतेसम्म आवेदन गर्न सक्नेछन ।

कम्पनीको बोनस शेयर र हकप्रद शेयर लिलामी बिक्रीपछि चुक्ता पूँजी ९३ करोड ८५ लाख रूपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै एक अर्ब ६ करोड रूपैयाँ जोहो गनुपर्ने आवश्यकता छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।