मेरो माइक्रोफाइनान्स पनि मर्जरमा जाने, मर्जर समिति गठन

Jul 19, 2019 01:02 PM merolagani

मेरो माइक्रोफाइनान्सले पनि मर्जरमा जान मर्जर समिति गठन गरेको छ । कम्पनीले सञ्चालक समितिका बाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय मर्जर समिति गठन गरेको हो ।

मर्जर समितिको सदस्यमा राजा अर्याल र बद्री प्रसाद पुडासैनी रहेका छन् भने सदस्य सचिवमा रामहरि दाहाल रहेको कम्पनीले जनाएको छ ।

मर्जर समितिले मर्जरको लागि पार्टनर खोज्ने तथा मर्जरसम्बन्धि अन्य कार्यहरू गर्नेछ ।

राष्ट्र बैंकको मर्जर नितिका कारण लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर नै चलेको छ । हाल ९० भन्दा बढी लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेकोमा ४७ वटा लघुवित्त वित्तिय संस्था नेप्सेमा सूचीकृत भइसकेका छन ।
नुवाकोटमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो ।

३२ करोड ८९ लाख रूपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले शत प्रतिशत हकप्रद शेयर बिक्री गरी चुक्ता पुँजी ६५ करोड ७८ लाख रूपैयाँ पुर्याएको छ । लघुवित्तले जगेडा कोषमा १८ करोड ८५ लाख रूपैयाँ राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।