वैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स आप्रवाह बढ्यो

Jul 19, 2019 03:03 PM Merolagani

नेपालबाट विदेश जाने नेपालीको संख्या घटे पनि गत आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट आउने रकम (रेमिट्यान्स) भने अघिल्लो वर्षको यसै अवधिको तुलनामा बढेको छ।

विदेशमा रहेका नेपालीहरुले  गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ (रेमिट्यान्स) पठाएका छन् । यो अघिल्लो वर्षको  एघार महिनामा नेपाल भित्रिएको रकम  को तुलनामा  १७.५ प्रतिशत बढी हो । 

अघिल्लो वर्षको एघार महिनामा नेपाल भित्रने रेमिट्यान्स ७.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति १६.६ प्रतिशतले वृद्धि भई ९ खर्ब ५ अर्ब १४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा रोजगारीका लागि विदेशिने नेपालीको संख्या भने घटेको छ। गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो।

स्थिर सरकार आएपछि  देशमै केही गर्न सकिने आशमा वैदेशिक रोजगारीमा जाने संख्या घट्दो छ। तर डलर मजबुत हुँदा वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्नुको वावजुत रेमिट्यान्स आप्रवाहमा भने उल्लेख्य वृद्धि देखिएको हो।

केन्द्रीय बैंकका अनुसार पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।