पन्ध्र लाख घुस सहित तीन इञ्जिनीयर पक्राउ

Jul 21, 2019 11:00 AM Merolagani

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ।

बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनका अनुसार इञ्जिनीयरहरु कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ।

शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ। आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि शनिबार सार्वजनिक गरेको हो।

यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुुस मागी बा १ झ ५२८० नंम्बरको सरकारी गाडीमा यही साउन २ गते काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो।

आयोगका अनुसार निजको साथमा १३ लाख ३८ हजार ५०० नगद र सोही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इञ्जिनीयर भोगेन्द्र साहको साथबाट एक लाख २९ हजार १०५ शङ्कास्पद नगद फेला पारेको छ।

आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडी सहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।