सबैको लघुवित्तमा ११ गुणा बढी आवेदन, ४९ हजार ५२५ जनाले मात्रै शेयर पाउने

Jul 21, 2019 07:09 PM Merolagani

सबैको लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको प्राथमिक शेयरमा ११.४८ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबनधक एनआईवीएल एस क्यापिटलका अनुसार अन्तिम दिन आईतबार साँझ सम्ममा ३ लाख ३ हजार २०८ आवेदनबाट ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको ५६ लाख ८९ हजार ८३० कित्ता शेयर माग भएको हो ।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । त्यस मध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार १० कित्ताका दरले शेयर वितरण गर्दा ४९ हजार ५२५ जनाले मात्रै शेयर पाउनेछ ।

आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।