प्राइम र कन्काईले मर्जर तथा एक्वीजिशन प्रस्ताव पारित गर्न एकैदिन डाके विशेष साधारण सभा

Jul 22, 2019 10:56 AM Merolagani

प्राइम कमिर्सियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) प्रस्ताव पारित गर्न साउन २२ गते विशेष साधारण सभा आह्वान गरेका छन्।

प्राइमले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौंमा र कन्काईले गोर्खा डिपार्टमेन्ट दमक झापामा विशेष साधारण डाकेका हुन्। 

दुबै बैंकको विशेष साधारण सभाले सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ताबाट प्राप्त भएको शेयर स्वाप अनुपात सहितको विशेष प्रस्ताव पारित गर्ने एजेण्डा छ। सम्झौताको बखत १००:७० प्रतिशत स्वाप रेसियो कायम हुनेगरि सम्झौता भएको थियो।

यसैगरी प्राइमले कन्काईलाई प्राप्ति गर्ने प्रयोजनका लागि गरिएको अन्तिम सहमति सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने, लेखापरिक्षकको पारिश्रमिक अनुमोदन, तथा आवश्यक सम्पूर्ण गर्नुपर्ने प्रकृयाहरु पूरा गरि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिने, नियमनकारी निकायबाट भएका निर्देशन अनुरुप प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने रहेको छ।

विशेष साधारण सभाका लागि प्राइमले साउन १४ गते शेयर दाखिला खारेज गर्ने निर्णय गरेको छ। यसअनुसार साउन १३ गतेसम्म स्टक एक्सचेञ्जमा कायम शेयरधनीहरु सो सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्। यस्तै जेठ २२ गते प्राप्ती सम्झौता भएकाले जेठ २१ गतेसम्म शेयरधनी रहेका कन्काईका लगानीकर्ता पनि साउन २२ गतेको विशेष साधारण सभामा सहभागि हुन पाउनेछन्।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई १००:९४ को शेयर स्वाप अनुपात कायम हुने गरी प्राप्ती गर्ने प्रारम्भिक सम्झौता समेत गरेको छ। वास्तविक स्वाप भने डिडिए प्रतिवेदन पश्चात मात्र तय हुनेछ।

हाल प्राइम बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ। कन्काई विकास बैंकको प्राप्ति पश्चातप्राइम बैंकको शाखा संजाल ८९ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।