जलबिद्युत लगानी तथा बिकास कम्पनीले चुक्ता पुँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति मागेको छ ।
कम्पनीको मंसिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।
त्यस्तै एनएमबि माइक्रोफाइनान्सले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ। कम्पनीले १ः१.५ अनुपातमा २४ लाख ३० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति मागेको हो।
कम्पनीको हकप्रदमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ४० करोड ५० लाख ६९ हजार रूपैयाँ पुग्नेछ ।
यसैगरी लुम्बिनी जनरल इन्सुरेन्सले पनि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्रीको अनुमति माग गरेको छ। कम्पनीले १०ः२ अनुपातमा १६ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको कम्पनीको हकप्रद निष्कासनपछि चुक्ता पूँजी १ अर्ब ५ करोड हाराहारी पुग्नेछ लाख रूपैयाँ पुग्नेछ।
कम्पनीको समग्र वित्तीय अवस्था विश्लेषण नगरि कुनै पनि कम्पनीको हकप्रद बिक्रीको लोभमा उचालिएर शेयर किन्नु खतरापूर्ण हुन्छ ।